Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा पुलको पर्खाल भत्कियो, दुई जना घाइते

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भाँचिएको छ ।

पशुपति क्षेत्रमा दर्शनार्थीको भार थेग्न नसक्दा पुल भाँचिएको हो । भाँच्चिदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । भने अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको प्रहरीले जनाएको छ ।

कोरोना महामारीको प्रभाव कम भएको बेला परेको शिवरात्रिमा यस वर्ष पशुपतिमा लाखौँ मानिसको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077