Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकन पेस्तोलसहित तीन जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदो बस्ने २९ वर्षीय सुशान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दीपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन्।

प्रहरीका अनुसार उनीहरुलाई बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोकसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरिएको हो।

यस सम्बन्धमा उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077