Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुटिन रुसी हैनन्, आक्रमणको विरोध गरौं: एलेक्सी नभाल्नी

एजेन्सी । कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको कदमविरुद्ध रुसमा र अन्यत्र पनि दैनिक विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा कडा शब्दमा पुटिनको आलोचना गर्दै त्यस्तो आह्वान गरेका हुन्। क्रेम्लिनले आफूलाई मार्न विष दिएको आरोप लगाएका नभाल्नी एक वर्षदेखि जेलमा छन्।

गत महिना उनको सुनुवाइ सुरु भएको थियो। उनीविरुद्ध १० वर्षभन्दा बढी सजाय हुनेगरी विभिन्न अभियोग लगाइएको छ। 'हामी - रुस - शान्तिको राष्ट्र बन्न चाहन्छौँ। तर दुर्भाग्य, थोरै मानिसले मात्र हामीलाई त्यसो भन्छन्,' पूर्वी मस्कोस्थित अतिसुरक्षायुक्त एउटा जेलबाट उनले लेखेका छन्।

तर रुसीहरू 'कम्तीमा पनि त्रसित, मौन मानिसको देश बन्नु हुँदैन' जसले 'युद्ध नदेखेको जस्तो स्वाङ पार्छन्'। 'यो २१ औँ शताब्दीको तेस्रो दशक हो अनि हामी मानिसहरू ट्याङ्कमा जलिरहेको र घरमा बम हानिएको समाचार हेरिरहेका छौँ,' उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077