Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लामो समयदेखि रोकिएको संवैधानिक इजलास शुक्रबारदेखि बस्ने

    लामो समयदेखि रोकिएको संवैधानिक इजलास शुक्रबारदेखि बस्ने

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । लामो समयदेखि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो ।



    जबरामाथि महाभियोग दर्ता भएसँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । उनका अनुसार आगामी शुक्रबारदेखि संवैधानिक इजलास फेरि नियमित बस्ने भएको हो ।



    लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधिन विवादको न्यायनिरुपण हुन सकेको छैन ।

    गतवर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषदको सिफारिसबाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार