Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भोलि विप्लवसहित झलनाथ, नारायणकाजी र भीम रावललगायतले एकै मन्चबाट सम्बोधन गर्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा भोलि शुक्रबार विप्लव नेतृत्वको नेकपासहित साना कम्युनिष्ट पार्टी र मोर्चाले जनसभामा गर्ने भएका छन् ।

मंगलबार एमसीसी विरोधी वाम ६ गठकले एक बिज्ञप्ति जारी गर्दै आगामी चैत ६ गतेसम्म विभिन्न विरोध कार्यक्रमहरु समेत तय गरेका छन् । शुक्रबार खुल्लामञ्चमा हुने उक्त विरोध सभामा आन्दोलित साना वाम दलका अलावा सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताइएको छ।

सभालाई पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले सम्बोधन गर्ने गर्ने तय भएको जनाइएको छ ।

त्यस्तै, हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077