Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

त्रिवि सेवा आयोगमा लगाइएको ताला तत्काल खुला गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ ।

बिहीबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न समेत माग गरेकी हुन्।

अनेरास्ववियुले भने आंशिक प्राध्यापकले सेवा आयोगमा तालाबन्दी गर्नुलाई अराजकता भनेको छ । ‘अस्थायी वा करारका कर्मचारीले लोक सेवा आयोगमा, अस्थायी शिक्षकले सेवा आयोगमा ताला लगाई परीक्षालाई प्रभावित गरेको सायदै कम भेटिन्छ ।’

यस्तो छ बिज्ञप्ति:

आफूहरूलाई छुट्टै परीक्षा लिएर स्थायी गर्नुपर्ने माग राख्दै आएका आंशिक प्राध्यापकहरूले हाल त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा आयोगले तोकेको परीक्षा अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077