Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल शाहमाथिको अनुसन्धानमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

    पल शाहमाथिको अनुसन्धानमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

    शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    ‘यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ,’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।



    अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुने सम्भावना रहने आयोगका सहप्रवक्ता लोकनाथ बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार