Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनू : आयोग

    यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी दायरामा ल्याउनू : आयोग

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

    आयोगले आज बुधवार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी र यौन हिंसा तथा बलात्कारका घटनामा अनुसन्धान गरिरहेका प्रहरीसँग छलफल गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितले समयमै न्याय पाउने अधिकारको सुनिश्चित गर्न निर्देशन दिएको हो ।



    छलफलमा मानव अधिकार आयोगकी सदस्य लिली थापाले अपराधीलाई उम्कन नदिन तथा पीडित र साक्षीको सुरक्षा गर्न निर्देशन दिइन् ।



    जवाफमा प्रहरी नायब महानिरीक्षक सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार