Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जर्मन चान्सलर र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता, युक्रेनको संकट समाधान गर्न आह्वान

एजेन्सी । युक्रेनमा भइरहेको रुसी आक्रमण तत्काल बन्द गर्न जर्मन चान्सल ओलाफ सोल्जले आह्वान गरेका छन् । युक्रेन संकट समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनले यस्तो आग्रह गरेका हुन् ।

जर्मन चान्सल ओलाफ सोल्ज र पुटिनबी करिब एक घण्टा टेलिफोन वार्ता भएको हो । सो वार्तामा चान्सलर सोल्जले युक्रेनमा जारी रुसी हमला तत्काल बन्द गर्न आह्वान गरेका हुन् ।

वार्तामा जर्मन चान्सलरले युद्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए । युक्रेनको परमाणु केन्द्रलाई रुसी सेनाले कब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् ।

रुसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आगो लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077