Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीमा आन्तरिक द्वन्द्व झनै चर्कियो, अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच आज पनि छलफल

काठमाडौं । अमेरिकी अनुदान सहायता एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा आन्तरिक द्वन्द्व झनै चर्किएको छ । एमसीसी अनुमोदनमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएपछि असन्तुष्ट बनेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि सो विषयमा छलफल भएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता श्रेष्ठबीच आज दिउँसो प्रचण्डको निवास खुमलटारमा एक घण्टा छलफल भएको हो । भोलि आइतबार पनि माओवादी केन्द्रको बैठक बस्दै छ ।

सुरुमा एमसीसीको विपक्षमा उभिने भनिरहेको माओवादी केन्द्र अध्यक्ष प्रचण्डको जोडबलमा पक्षमा लागेपछि वरिष्ठ नेता श्रेष्ठ समूहसहित पार्टी नै छाड्ने मनस्थितिमा पुगेका थिए । तर अध्यक्ष प्रचण्डले उनलाई फकाउने प्रयास गरिरहेका छन् ।

यस क्रममा नेता श्रेष्ठले हिजो शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा फरक मत प्रस्तुत गरेका छन् । उनले एमसीसीमा राष्ट्रघाती नै रहेको जिकिर गर्दै त्यसलाई संसदबाट अनुमोदन गरेर माओवादी केन्द्रले राष्ट्रिय आत्मसमर्पण गरेको भनेर मौखिक रूपमा फरक मत राखेका हुन् ।

एमसीसी अनुमोदन निर्णयविरुद्ध नारायणकाजीले सार्वजनिक अभिव्यक्ति दिएपछि अध्यक्ष प्रचण्डले पार्टी छाड्ने हो भने छाडे हुन्छ भन्ने आशयको टिप्पणी गरेयता मनमुटाव बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077