Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसमा सैन्य कानुन लागू गर्ने योजना छैन : राष्ट्रपति पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा सैन्य कानुन लागू गर्ने कुनै योजना नरहेको बताएका छन् ।

राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका विमान परिचारिकाहरूसँगको बैठकमा रुसी राष्ट्रपति पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका भरमा’ मात्र चालिने बताए ।

‘हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,’ उनले भने। यसअघि पुटिनले सैन्य कानुन लागू गर्न लागेको भन्ने हल्ला चलेको थियो।

त्यस्तो अवस्थामा सामान्य नागरिक कानुनहरू निलम्बित हुन्छन् वा सरकारी कामकारबाहीमा सैनिकहरू संलग्न हुन्छन्।

उनले ‘ठूलो आकारको बाह्य त्रास’ भएमा प्रयोग गर्न सकिने अन्य आपत्कालीन उपायहरू रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077