Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ फागुन २२ गते आइतवारको राशिफल

    यस्तो छ फागुन २२ गते आइतवारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 972
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७८ फागुन २२ गते आइतवारको राशिफल ।

    मेष



    आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।



    मिथुन

    आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

    सिंह

    धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन पनि हात पर्ला । शुभकार्यको चर्चा चल्नेछ ।

    तुला

    आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाट सफलता मिल्दै जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । साथीभाइबाट सहयोग पनि प्राप्त हुनेछ ।

    धनु

    विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

    कुम्भ

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

    बृष

    आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपटबाट सावधान रहनुपर्नेछ ।

    कर्कट

    आज कर्म प्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ ।उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ ।

    कन्या

    आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ ।

    बृश्चिक

    आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

    मकर

    दिनको सुरुमा केही कठिन परिस्थितिको सामना गर्नुपरे पनि मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शिक्षामा पनि राम्रो नतिजा पाइनेछ ।

    मीन

    आज नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक र समाजसेवामा सफलता मिल्नेछ । शुभयात्राको योजना बन्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार