Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्यव्यवस्था समितिको बैठक: महाअभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने निर्णय

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने भएको छ । समिति ११ सदस्यीय हुनेछ ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन् ।

'दलहरुसँग नाम लिने र दलहरुको सिफारिसबाट आएको नाम समितिमा राख्ने सहमति भएको छ।  समितिले कार्यविधि बनाउने छ, ' बैठकमा सहभागी एक नेताले अनलाइन नेपालसँग भने,' समितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ' ।

प्रतिनिधिसभाको बैठक अबको केहीबेरमा बस्दै छ, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077