Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संसद बैठक:

    प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग छानबिनका लागि ११ सदस्यीय समिति गठन (नामावली)

    प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग छानबिनका लागि ११ सदस्यीय समिति गठन (नामावली)

    एमाले पनि सहभागी

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 888
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति गठन गरिएको छ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि सहभागी भएको छ।



    ११ सदस्यीय समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल, कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा रहेका छन्।



    यस्तै, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह रहेका छन्।

    प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ मा अनुसार समिति बनाइएको हो। समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ। प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन २ गते महाअभियोग प्रस्ताव गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार