Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले घरेलु मैदानमा एकदिसवीय र टी–२० क्रिकेट शृङ्खला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालमै टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज हुने पक्का भएको हो । पपुवा न्युगिनीसँग मार्च २५ र २६ मा एकदिवसीय खेल हुनेछ । यस्तै टी-२० सिरिज २८ मार्चमा सुरु भएर ४ अप्रिलमा सकिनेछ । दुवै सिरिज त्रिवि मैदान कीर्तिपुरमा हुने क्यानले जनाएको छ। त्यसअघि नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज युएईमा चैत २ गते सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077