Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ फागुन २३ गते सोमवारको राशिफल

    यस्तो छ फागुन २३ गते सोमवारको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७८ फागुन २३ गते सोमवारको राशिफल ।

    मेष



    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।



    मिथुन

    आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

    सिंह

    आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

    तुला

    लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

    धनु

    आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    कुम्भ

    आज शुभ कार्यको चर्चा चल्नेछ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्नेछन् , तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

    बृष

    आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

    कर्कट

    आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

    कन्या

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्नेछ ।

    बृश्चिक

    आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

    मकर

    आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    मीन

    आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार