Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । पदाधिकारी टुंगो लगाउन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । यसअघि दुई पटकसम्म सारिएको बैठक आज बस्न लागेको हो ।

गएको शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए ।

बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ । आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077