Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डका कान्छी छोरी र ज्वाईं नै बने पार्टी केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् ।

सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका हुन् ।

जसमा आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

गत पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । त्यतिबेला २३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो। केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077