Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस सप्तरी: निर्वाचनको सम्पूर्ण तयारी पुरा

    कांग्रेस सप्तरी: निर्वाचनको सम्पूर्ण तयारी पुरा

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 1K
    SHARES

    सप्तरी  । भोली (मंगलबार) हुने निर्वाचनको लागि मतदानस्थलका सम्पुर्ण तयारी पुरा भएको छ ।

    भोली हुने कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरी कांग्रेसको जिल्ला अधिवेशनको लागि मतदान स्थलमा पुर्वाधार लगायतका सम्पुर्ण तयारी पुरा भएको हो ।



    मतदाता र मतदान प्रक्रियालाई सभ्य सरल र सहज बनाउनको लागि महिला र पुरुषको छुट्टा–छुट्टै लाईनको व्यावस्था मिलाइएको छ  भने खानेपानी र शौचालयको समेत व्यवस्था गरीएको निर्वाचन समितिले जनाएको छ ।



    निर्वाचन सामाग्रीहरु मतदान स्थलमा सुरक्षाकर्मीको घेरामा राखिएको छ । भोली हुने निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले आजै बाट सुरक्षा दिईरहेका छन् ।

    २५ सय ३७ जना मतदाता रहेको सप्तरी कांग्रेसको नेतृत्वका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको (क) र (ख) गरी ८ वटै मतदान केन्द्रमा भोली विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा. रुद्र शर्माले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार