Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस अछामको सभापतिमा पुष्प बहादुर शाह विजयी

काठमाडौं । नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन् ।

दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वारलाई पराजित गरेका हुन् ।

शाहले ७७९ मत पाए भने स्वारले ७११ मत ल्याएका छन् । शाह सभापति शेरबहादुर देउवा पक्षधर हुन् । कुल खसेको १४ सय ९७ मत मध्ये ७ मत बदर भएका छन ।

यसअघि शनिबार भएको पहिलो चरणमा सभापतिका लागि भरत कुमार स्वाँर, राजन कुँवर र पुष्प बहादुर शाहबिच प्रतिस्पर्धा भएको थियो । तर ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा शाह र स्वाँर बिच सभापतिका लागि प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077