Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावी तालमेलका लागि कार्यदल गठन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनसँग तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।

आफ्नै एकल शक्तिमा निर्वाचनमा जाने तयारी गर्ने र गठबन्धन भएमा राम्रो, नभए आफैं लड्ने तयारी गर्ने निर्णय भएको नेता वर्षमान पुनले जानकारी दिए ।

सबै पालिका र वडासम्मका लागि निर्वाचन तयारी समिति बनाइसकेको र गठबन्धनसँग तालमेलका लागि निर्णय गर्ने उनले बताए ।

यस्तै माओवादी केन्द्रले केन्द्रीय सदस्यमा ५० जना थप गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले ५० जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । योसँगै केन्द्रीय सदस्यको संख्या २९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077