Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

काठमाडौँ । दक्षिण कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बनसहित रूसविरुद्ध थप प्रतिबन्धहरू लगाएको छ।

त्यहाँको परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार "रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू भएपछि, कोरियाले अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध लगाउने जस्ता थप निर्णय गरेको हो।

मन्त्रालयले "हामी सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर रुस विरुद्ध थप प्रतिबन्धहरू सम्बन्धी विवरणहरू घोषणा गर्नेछौं" भन्ने उल्लेख गरेको छ ।

मन्त्रालयले उक्त निर्णय अमेरिकालगायत सम्बन्धित देशलाई पनि जानकारी गराउने योजना बनाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077