Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भिजिट भिसाको नाममा दुबई पुर्याउने ‘मानव तस्करी’को जालो अझै तोडिएन, आजै १२ जना अध्यागमनबाट फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई हिँडेका १२ जनालाई फिर्ता पठाएको छ।

अध्यागमन कार्यालयले आवश्यक कागजपत्र पेस गर्न नसकेको र शंकास्पद लागेका ५ महिलासहित १२ जनालाई आज फिर्ता पठाएको हो।

अध्यागमन स्रोतका अनुसार फिर्ता हुनेहरुमा नुवाकोटकी पूजा श्रेष्ठ, काठमाडौंकी आस्था मल्ल, झापाकी कुशुम खड्का, मोरङकी प्रकृति भट्टराई, स्याङ्जाकी इलिना थापा, रोल्पाका बलबहादुर बुढा, संखुवासभाका नुर्बु शेर्पा, काभ्रेपलाञ्चोकका अनिल तामाङ, पर्साका सन्तोष कुमार कलवार, बाजुराका चेतबहादुर थापा, सप्तरीका मसलिम मन्सारी र दाङका अर्जुन नेपाली रहेका छन्।

[insert page='111981' display='yopanipadhnuhos.php']

पछिल्लो समय दलालहरुले भिजिट भिसाको रुपमा नेपाली युवा युवतीसँग लाखौं असुलेर दुबई पुर्याई अलपत्र पारेको घटना बढ्न थालेसँगै अध्यागमनले कडाई गर्दै आएको छ ।

यसअघि ‘मानव तस्कर’ कोमलराज उपाध्यायले सयौं नेपालीलाई रोजगारीको आश्वासन दिएर लाखौं रकम असुलेर दुबई पुर्याइ अलपत्र पारेका थिए । उक्त प्रकरणमा श्रममन्त्री किसान श्रेष्ठ समेत विवादमा तानिएका थिए ।

उपाध्याय त्रिनेत्र कन्सलटेन्सीका सञ्चालक हुन् । भिजिट भिषामा पुगेर विचलित भएपछि फर्किएका नेपाली युवाहरु त्यही त्रिनेत्र कन्सलटेन्सीमार्फत नै रोजगारीको आशमा दुवई पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077