Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मौसम पूर्वानुमान : आज सफा, भोलि चट्याङसहित वर्षा र हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

भोली अर्थात बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक÷दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077