Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १७२ भोट भए पुग्छ । त्यसैले विपक्षी गठबन्धन अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन सक्रिय छ ।

इमरान खानको पार्टी पीटीआईसँग संसदमा १५५ सिट छ । उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ ।

लाहोरमा केही हप्ता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने र सरकारको समर्थन फिर्ता लिन आह्वान गर्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077