Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस धनुषाको सभापति पदमा फेरि निर्वाचन हुने

रामनारायण यादव / जनकपुरधाम  । नेपाली कांग्रेस धनुषाको जिल्ला सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।

सोमबार भएको निर्वाचनको मतगणनाबाट कुनै पनि उम्मेदबारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

सभापति पदका लागि योगनारायण पञ्जियार, सन्तोष यादव र दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । सोमबार भएको निर्वाचनबाट पञ्जियारले सबैभन्दा बढी १ हजार २ सय ४८ मत ल्याए । सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसैलाले ६ सय ३० मत ल्याएका थिए ।

कांग्रेसको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण अब बढी मत ल्याउने दुई जना (पञ्जियार र यादव)बीच पुनः प्रतिस्पर्धा हुने छ ।

सभापति पदका लागि बिहीबार बिहान ८ बजेदेखि पुनः निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

सन्तोष संस्थापन पक्षका पंजियार बिमलेन्द्र निधि पक्षका र चुनावी दौडबाट बाहिरिएका प्रसैला डा. शेखर कोइराला पक्षबाट उम्मेदवारी दर्ता गराई चुनावि मैदानमा उत्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077