Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीबाट आउने पैसाले देशको विकास र रोजगार बढाउँछ: प्रधानमन्त्री देउवा

वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानको रकमले देश विकास र रोजगार बढाउन मद्धत पुग्ने बताएका छन् ।

बिहीबार वीरगञ्जमा कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरे ।

‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’

संसदबाट अनुमोदन भइसकेको एमसीसीमा अझैं मतभेद जारी रहेको छ । एमसीसीकै कारण कतिपय दलका नेताभित्र आन्तरिक विवाद समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077