Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश प्रसाद थानीलाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको थियो ।



    मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले थानीसहित चन्डिकाप्रसाद भट्ट र जिवन प्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो ।



    थानी यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । यस्तै उनी नेपाली कांग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल (सिडेन) का अध्यक्ष समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार