Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन आयोगले भोलि राजनीतिक दलसँग छलफल गर्दै

    निर्वाचन आयोगले भोलि राजनीतिक दलसँग छलफल गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 975
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

    हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने आयोग राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।



    सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई भोलि शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगले जनाएको छ । आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।



    आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । तीमध्ये ७९ दललाई आयोगले मान्यता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार