Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने

    किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 783
    SHARES

    फाइल फोटो

    बाँके । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो ।

    बाँकेको आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ बराबरको धानबालीमा क्षति पुगेको थियो । पालिकावाइज लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ राहत माग गरेको थियो । केन्द्रले बाँकेमा जम्मा १० करोड रुपियाँ पठाइदिएको छ ।



    जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।



    किसानलाई राहत रकम बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ । प्रजिअ खत्रीले अरू रकम उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारलाई माग गर्ने र उपलब्ध हुनेबित्तिकै वितरण गरिने उनको भनाई छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार