Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने सरकारको तयारी

    बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार यसअघि धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरिएको थियो ।

    गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म देशका विभिन्न भूभागमा वर्षाका कारण धानबालीमा क्षति पुग्दा किसान प्रभावित भएका थिए ।



    अर्थ मन्त्रालयले किसानलाई राहत रकम उपलब्ध गराउने मापदण्ड, २०७८ बमोजिम राहत उपलब्धस्वरूप एक अर्ब रुपियाँ निकासा गरेको थियो ।



    गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवसहितको बैठकले अर्थ मन्त्रालयले गरेको निर्णयमध्ये ८५ करोड चार लाख रुपियाँ जिल्ला विपत् व्यवस्थापनमार्फत उपलब्ध गराउने निर्णय गरेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार