Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • किसानसँग सरकार कार्यक्रम लागू गरिने, किसान पेन्सन योजना घोषणा

    किसानसँग सरकार कार्यक्रम लागू गरिने, किसान पेन्सन योजना घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 906
    SHARES

    काठमाडौँ । सरकारले किसानसँग सरकार कार्यक्रम लागू गर्ने भएको छ ।

    आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम लागू गरिने बताएका हुन् ।



    त्यस्तै अर्थमन्त्री शर्माले योगदानमा आधारित किसान पेन्सन योजना लागू गर्न किसान हित कोषको स्थापना गरिने बताएका छन् ।



    उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने छ । कोष स्थापना गर्न प्रारम्भमा बिऊ पूँजीबापत् एक अर्ब रुपैयाँ छुट्याइएको छ ।

    किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुटको समेत व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए ।

    यस्तै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ ।

    यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार