Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • लागतअनुसार मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै फाले तरकारी

    लागतअनुसार मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमै फाले तरकारी

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 918
    SHARES

    चितवन । आफ्नो बारीमा उत्पादन भएको तरकारीले मूल्य नपाएको र बिक्री नभएको भन्दै चितवनका किसानले तरकारी सडकमा फालेका छन्।

    भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्।



    किसानहरुले भारतबाट तरकारी आयात भएपछि स्वदेशी बजारमा तरकारीले मूल्य नपाएको भन्दै  गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेका छन् ।



    समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुनेलगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले लगाएका छन् ।

    भारतीय तरकारीको थथाभावी आयातले ‘स्वदेशमै केही गरौं’ भन्ने सोच भएका आफूहरु मारमा परेको किसानको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार