Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बेमौसमी वर्षा: बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ जना अझै वेपत्ता [अपडेट]

    बेमौसमी वर्षा: बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ जना अझै वेपत्ता [अपडेट]

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।  केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालकया अनुसार ३७ जना अझै वेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।



    मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ । वेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।



    उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार