Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वेमौसमी वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १११ पुग्यो, ३३ जना वेपत्ता, ३२ घाइते (सूचीसहित)

    वेमौसमी वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १११ पुग्यो, ३३ जना वेपत्ता, ३२ घाइते (सूचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कात्तिक १ गतेदेखिको अविरल वेमौसमी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३३ जना अझै बेपत्ता छन् । त्यसैगरी ३२ जना घाइते भएका छन् ।

    राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको जनाएको हो ।



    केन्द्रका अनुसार सबैभन्दा बढि प्रदेश १ मा ६६ जना र सबैभन्दा कम बागमती प्रदेशमा १ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा २ जना र बागमती प्रदेशमा १ जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।



    यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा २ जना, प्रदेश २ र कर्णालीमा १÷१ जना बेपत्ता भएका छन् । घाइते ३२ मध्ये प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना रहेका पनि केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार