Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बेमौसमी वर्षाले रारा पुगेका पर्यटक अलपत्र

    बेमौसमी वर्षाले रारा पुगेका पर्यटक अलपत्र

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    खलङ्गा । लगातारको वेमौसमी वर्षाका कारण दसैंको अवसर पारेर मुगुको रारा ताल घुम्न पुगेका सयौं आन्तरिक पर्यटक अलपत्र परेका छन् । १ गतेदेखि भएको भारी वर्षाका कारण मुगुमा हवाई उडान नहुँदा तथा पहिरोका कारण सडकमार्ग पनि बन्द हुँदा त्यहाँ पुगेका पर्यटकहरुअलपत्र परेका हुन् ।

    कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लैजादा अहिले जहाज चल्न सकेको छैन । यता, बाढी–पहिराका कारण कर्णाली राजमार्गको सुर्खेत–नाग्म सडक र नाग्म–गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेपछि सडक यातायात पनि बन्द छ ।



    निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै उडान नभएको र बिहीबार भएको दुईवटा मात्रै उडानले यात्रुहरुको माग धान्न नसकेको एक यात्रुले बताए ।



    मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढीपहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका छन् ।

    विमानस्थलमा अहिले यात्रुको चाप थेगिनसक्नुको भएको स्थानीय प्रशासनले जनाएको छ । हवाईमार्गमार्फत राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् । तर, एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थलले जनाएको छ ।

    सडक मार्ग र हवाई मार्ग दुबै बन्द हुँदा छोटो अवधिका लागि रारा पुगेका पर्यटकहरु एकतिर आर्थिक अभाव त अर्कोतिर समयको सेडुअलका कारण तनावमा परेका बताउन थालिसकेका छन् । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेपछि आफूहरु झन तनावमा परेको उनीहरुले बताएका छन् ।

    मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन भने सडक मार्गमा गएको पहिरो हटाउन पनि सम्भव छैन । त्यसो त मुस्ताङ पुगेका पर्यटहरु पनि बाढी र पहिरोका कारण बीच बाटोमा अलपत्र परेका भिडियोहरु अहिले समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । यो वर्षको बेमौसमी वर्षाले सयौंको मृत्युु भएको छ भने लाखौं मेट्रिकटन धान नष्ट बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार