Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिरहामा पोखरीको बाँध फुँट्दा दुई दर्जन बढी घर डुबानमा

    सिरहामा पोखरीको बाँध फुँट्दा दुई दर्जन बढी घर डुबानमा

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / सिरहा । केही दिनदेखि परेको अबिरल वर्षासंगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ ।

    पोखरीको बाँध भत्केर गाउँमा पानी पस्दा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर १२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् ।



    स्थानीय सरकारले दिएको बजेटले पोखरीको बाँध राम्रोले काम नगरेपछि बाँध भत्केको अस्थानीहरुले आरोप लगाएका छन् ।



    घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी महेश कुमार साहले बताए ।

    त्यसैगरी धनगढीमाई नगरपालिका वडा नम्वर ६ मा बाढीको कारण एउटा घर भत्किएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

    वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ । पूर्वा पश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पानी पसेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार