Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लागूऔषधसहित लहानबाट एक जना पक्राउ

    लागूऔषधसहित लहानबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.3K
    SHARES

    सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२ का २० वर्षीय सदानन्द महतो रहेका छन् ।

    महतोको साथबाट डाईजापाम– १५३ एम्पुल, ब्युप्रोनोरफिम– १५४ एम्पुल, फेनारगन –१९० एम्पुल गरी ४९७ एम्पुल लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



    लहान नगरपालिका–८ मा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको सादा पोशाकको टोलीले महतोलाई शंका लाग्दा चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा लागूऔषध फेला परेको हो ।



    पैदल यात्री महतोले बोकेको कालो रङको झोलाभित्र प्लाष्टिकको पोका बनाइ लुकाइ राखेको अवस्थामा प्रहरीले लागूऔषध फेला पारेका हो। लागूऔषधसहित महतोलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार