Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिरहामा ट्र्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु

    सिरहामा ट्र्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    सिरहा। सिरहामा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो।



    मृत्यु हुनेमाऔरही गाउपालिका‌ २ तुलसीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन्।



    ट्र्याक्टरको ईन्जिनमा च्याम्पिएर उनी दुवै जनाको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ। ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

    दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार