Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सिरहामा स्टेशनरीका होलसेल व्यवसायीको शव फेला

    सिरहामा स्टेशनरीका होलसेल व्यवसायीको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 774
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहामा स्टेशनरीका होलसेल व्यवसायीको शव भेटिएको छ ।

    मिर्चैया नगरपालिका-५ कटारी चोकस्थित होटल शम्भु होटेल पछाडि विराटनगरस्थित पाथीभरा कापी उद्योगका संचालक सिद्धान्त भट्टराईको शव भेटिएको हो ।



    होटलको पछाडि शौचालय नजिक मृत अवस्थामा भेटिएका मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् ।



    शव पोष्टमार्टमका लागि पठाएपछि होटलमा जडान गरिएको सिसि क्यामेराको फुटेज, घटनास्थलको आधारमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

    शम्भु होटलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार