Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अविरल वर्षाका कारण जनजीवन प्रभावित

    अविरल वर्षाका कारण जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, १० असोज २०७७
  • 2.9K
    SHARES

    तस्बिर : सामाजिक सञ्जाल

    सिरहा । विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहज रुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने बजारमा चहलपहल घटेको छ ।

    दिनभरि नै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको धेरै ठाउँमा हिलाम्य भएको छ । त्यस सडकमा सहजरुपमा सवारीसाधान तथा पैदल समेत हिड्न सकिरहेको छैन् ।



    निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि त्यस्तो र भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैबीच अविरल वर्षासँगै कमला नदीमा बहाव बढ्दै गएपछि आसपासको स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार