Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढल्यो

    पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढल्यो

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 642
    SHARES

    काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ ।

    हिजो शुक्रवार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६ बेल्दामारमा रहेको १८ नम्बर टावर ढालेको हो ।



    प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको बिजुली आपूर्तिमा अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई बिजुली दिइएको छ ।



    प्राधिकरणले हापुरे सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई बिजुली आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् ।

    प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी बिजुली आपूर्ति दिने छ । ईआरएस टावर जडानका लागि सर्वेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार