Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसीका आयोजनामा टेन्डर हाल्न नेपाली व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना सम्झौता एमसीसी आयोजनाका ठेक्का लिन नेपाली व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले व्यवसायीहरुलाई एमसीसीमा टेन्डर हालेर पार्न आग्रह गरेका हुन् ।

‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाइँहरु टेन्डर हाल्नुहोस् र पार्नुहोस् ।’

यस्तै, प्रधानमन्त्री देउवाले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।

निर्माण व्यवासीका समस्या समाधान गर्न आफू र आफ्नो सरकार तयार रहेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077