Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टले त्यागे पार्टी, सांसदबाट समेत राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सभाका सांसद तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्रको तर्फबाट सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (क) बाट निर्वाचित बिष्टले शुक्रबार राजीनामाको घोषणा गरेका हुन् ।

काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्‍बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए ।

पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको उनले बताए ।

उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाएका छन् । विष्ट सुर्खेत क्षेत्र नम्बर १ 'क' बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077