Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीको मधेश मिसन : वीरगञ्ज महानगरपालिकाका मेयरपछि आदर्श कोटवाल गाउँपालिका अध्यक्ष एमाले प्रवेश

बारा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा पार्टी प्रवेश गराउने मिसन नै चलाएका छन् । आजमात्रै अध्यक्ष ओलीले महानगरपालिकाका मेयर र गाउपालिकाकाका अध्यक्षसहित केही वडा अध्यक्षहरुसमेतलाई एमाले प्रवेश गराएका छन् ।

आज दिउसो आफै वीरञ्ज पुगेर महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष एमालेमा प्रवेश गराएका ओलीले त्यसपछि बारा पुगेर आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारीलाई एमालेमा भित्र्याएका हुन् ।

पर्सामा दुई स्थानीय तहका प्रमुखसहित धेरै प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् ।

बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिबार जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ, प्रभु साह, ज्वालाकुमारी साहलगायतका नेताहरु बारा पुगेका थिए ।

मुस्तफाले सरवागीले जस्तै जसपालगायत मधेशवादी पार्टीले मधेशी जनतालाई झुक्याएको र एमालेलाई मधेशविरोधी भनिए पनि मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै आफू एमाले प्रवेश गरेको प्रतिकृया दिएका छन् ।

ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको बताए । मधेशका जिल्ला सदरमुकामको सडक बिस्तारदेखि ठूला पुर्वाधारको सुरुवात आफूले गरेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077