Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले सिन्धुपाल्चोक जिल्ला सदस्यसहित कांग्रेस र राप्रपाका दर्जन बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश

    एमाले सिन्धुपाल्चोक जिल्ला सदस्यसहित कांग्रेस र राप्रपाका दर्जन बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 969
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

    पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउन समेत प्रचण्डले आग्रह गरे ।



    आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले सो आग्रह गरेका हुन् ।



    सो अवसरमा नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी आएका १२ नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए ।

    पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको लहर नै चलेको प्रचण्डको भनाइ थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार