Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टिआरसी टुंग्याउन सकस, ओली र रवि बालुवाटारमा

    टिआरसी टुंग्याउन सकस, ओली र रवि बालुवाटारमा

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटका छन् ।

    उनीहरू आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । ओली आइतबार बिहान पनि बालुवाटार गएका थिए । साँझ ओलीसँगै महासचिव शंकर पोखरेल पनि सँगै गएका छन् ।



    आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार गएका थिए। दिउँसो लामिछाने पनि गएका थिए। आइतबार बिहान प्रचण्ड, ओली र देउवाबीच संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भएको थियो।



    एमालेले टिआरसी विधेयकमा थप दुई प्रावधान राख्नुपर्ने अडान लिएपछि आइतबारको बैठक विना निष्कर्ष टुंगिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार