Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मोरङ पुगेर प्रचण्डले भने- शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो

    मोरङ पुगेर प्रचण्डले भने- शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 615
    SHARES

    विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोरङ पुगेर कांग्रेस नेता डा.  शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता हुनेमा शंका रहेको बताएका छन् ।

    मोरङ ६ (१) सुन्दरहरैंचा ७ को गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा प्रचण्डले शेखर कोइरालाको सक्रियताका कारण १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता सम्भव भएको बताएका हुन् ।



    प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए ।



    डाक्टर शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताउँदै प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल समेत गरेका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार