Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ज्योतिषले दिएको साइतमै बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

    ज्योतिषले दिएको साइतमै बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन् ।

    सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड आज मात्रै सरकारी निवास बालुवाटार सरेका हुन् ।



    अर्कातिर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन् ।



    बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवाले धुम्बाराहीस्थित भाडाको घरमा बसेका छन् । उनले आज मात्रै सरकारी निवास छोडेका थिए ।

    २०७८ असार २८ गते पाचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार