Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 654
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

    एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् ।



    एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।



    मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहेका अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् ।

    नवनियुक्त मन्त्रीहरूको कार्यभार पछि तोकिने बताइएको छ । सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार